पार्टी फुट्दैछ भनेर चलाइएको हल्ला निराधार : प्रचण्ड
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टी फुटको हल्ला निराधार भएको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पार्टी फुट्दैछ भनेर चलाइएको हल्ला निराधार भएको बताएका हुन् । पार्टीभित्र देखिएका कतिपय सन्दर्भमा आएका आशंका र भ्रम बैठक समापन हुँदासम्म चिरिएको उनले बताए ।
त्यस्तै उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पीडितमैत्री रहेको उल्लेख गरे ।
प्रचण्डले विधेयकहरूले पीडितहरूको मागलाई राम्रोसँग सम्बोधन गरेकाले ढुक्क हुन आग्रह गर्दै अब कार्यान्वयनमा जोड दिने बताए । वर्तमान सरकारको एक महिने कार्यकालका विषयमा आफूले केही दिनमा संसदमा धारणा राख्ने उनको भनाइ छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया