गठ्ठाघर दुर्घटना : प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार
तीव्र गतिको ट्रकले सय मिटर परसम्म स्कुटरलाई घिसारेको थियो : प्रत्यक्षदर्शी
भक्तपुर- भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि भीड नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
गठ्ठाघर चोकमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिको ट्रकले करिब एक सय मिटर परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् ।
ट्रकले ठक्कर दिएपछि ज्यान लिने गरी नै चालकले पेलेर अघि बढेको भन्दै स्थानीयहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनका कारण केही बेर सो क्षेत्रको यातायात व्यवस्था अवरुद्ध भएको थियो ।
भक्तपुरको गठ्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

प्रतिक्रिया