आगामी महाधिवेशनमा सभापतिमा उठ्छु : शेखर कोइराला
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उठ्ने बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अघिल्लो महाधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएका कारण आगामी महाधिवेशनमा स्वतः दाबी रहने बताएका हुन् । उनले देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा रहेको र उम्मेदवारीका विषयलाई अन्यथा लिन नहुने जिकिर गरे ।
कोइरालाले मुलुकलाई स्थायित्व दिनका लागि ठूला दलबीच समीकरण बनेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए । उनले राजनीतिक स्थायित्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणालीका बारेमा संशोधन आवश्यक रहेको धारणा राखे ।
कोशी सरकारका विषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कोशी सरकारमा कांग्रेस सहभागी हुने सम्भावना रहेको उनले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया