पूर्वराजा ज्ञानेन्द्र शाहलाई नोबेल शान्ति पुरस्कारका लागि दलहरूले सिफारिस गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन पूर्व राजाले खेलको भूमिकालाई नबिर्सन सुझाव दिएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा लिङदेनले द्वन्द्व सम्झौताबाट टुंगिएको र सम्झौताको एउटा पक्ष पूर्वराजाहरु भएकाले उनीहरुको भूमिकालाई बिर्सन नहुने बताएका हुन् ।
शान्ति प्रक्रियामा सहयोग पुर्याएबापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई नोबेल शान्ति पुरस्कारका लागि दलहरूले सिफारिस गर्नुपर्ने उनले बताए ।
त्यस्तै उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याएसँगै देशमा फेरि कहिल्यै द्वन्द्व दोहोरिन दिन नहुने धारणा राखे । हिंसा जुनसुकै अवस्थामा पनि दण्डित हुन्छ भन्ने स्थापित गर्नुपर्ने भन्दै उनले सबै मिलेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्ने बताए ।
अहिले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई समर्थन गरेपनि यसका प्रक्रियालाई नियालिरहने उनले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया