बोलेरो भिरबाट खस्यो

बेनी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा रोकेर सामान राख्दै गरेको बोलेरो दुर्घटना हुँदा स्थानीय भीमबहादुर पुन सख्त घाइते भएका छन् । आज बिहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग१ज ७९४५ नंको बोलेरो भिरालो सडकबाट पछाडि गुडेपछि भिरबाट खसेको थियो ।
बोलेरोसँगै खसेका पुनको गाउँमै प्राथमिक उपचार गरेर थप उपचारका लागि बेनी पठाइएको स्थानीय शिक्षक प्रदीप पुनले बताए । टिकोट गाउँको खेलमैदान नजिक बोलेरोमा चालक केशव पुन र स्थानीय कुमार पुनले सामान राख्दै गरेको समयमा भिरालो सडकमा गाडी पछाडि गुडेपछि दुर्घटना भएको थियो ।
सामान राख्दै गरेका दुवै जना र बोलेरोभिर सवार स्थानीय वीरबहादुर गर्बुजाले हाम फालेर बाहिर निस्किन सफल भएका थिए । उनीहरूलाई सामान्य चोटपटक लागेको र गाउँमै उपचार गरिएको छ । सडकमा बोलेरो रोकेर टायरमा ढुङ्गाको ओट लगाएको भए पनि एक्कासि पछाडि बगेपछि दुर्घटना भएको चालक पुनले बताए ।
_8Og4xLSXmN_us9gqraqhqvp7iwft5xdtagbjhtpv1pfblmcytvjrbnfnnuvtomujikd1jnt_EQaBtueIBC_ohna0ntccipxdxojxjxjzvz7btaedninxdkvy08tfggmmeaurnrz0xeaibo7.jpg)
ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति

कालीगण्डकी तर्न साँघुको भर

आकर्षणको केन्द्र बन्दै छहरे झरना

बारपाकको दलितबस्ती : बत्तीमुनिको अँध्यारो

सोह्रौँ शताब्दीदेखिको इतिहासको साक्षी लमजुुङ दरबार

कृषिमा जोडियो माओवादी, तनहुँमा ५० रोपनीमा अदुवा खेती
म्याग्दीमा पशुपालन गर्ने घट्दै

प्रतिक्रिया