जम्मु कश्मीरलाई ‘दिलदेखि र दिल्लीदेखि’नै नजिक बनाउछौँ : मोदी

नयाँ दिल्ली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मीरलाई दिलदेखि र दिल्लीदेखि नै नजिक बनाउने प्रतिवद्धता जनाएका छन् । जम्मु कश्मीरलाई दिल र दिल्लीदेखि नजिक बनाउनका लागि आवश्यक लोकतान्त्रिक प्रक्रिया पनि अपनाइने उनको भनाइ छ ।
प्रधानमन्त्री मोदीले जम्मु कश्मीरका सवै पक्षका नेताहरूसँगको बैठकका क्रममा आपसी सम्वन्धलाई बलियो र सुमधुर बनाउन आफू प्रतिवद्ध रहेको पनि उल्लेख गरेका हुन् । जम्मु कश्मीरमा हुन बाँकी रहेको क्षेत्रीय तथा संसद निर्वाचन गराउनु केन्द्रीय सरकारको उच्च प्राथमिकताको विषय रहेको पनि उनले स्पष्ट पारे ।
झण्डै साढे तीन घण्टा भएको बैठकमा जम्मु कश्मीरका १४ नेता सहभागी भएका थिए । उनीहरूका कुरालाई प्रधानमन्त्री मोदीले ध्यानपूर्वक सुनेका थिए । भारतको संविधानको धारा ३७० खारेज गरेर जम्मु कश्मीरलाई विषेश दर्ता दिने व्यवस्थाको अन्त्य गरेपछि जम्मु कश्मीरका नेता र केन्द्रीय नेताबीचमा पहिलो पटक बैठक भएको हो ।
प्रधानमन्त्री मोदीले सन् २०१९ को अगस्टमा भारतको संविधानको धारणा ३७० लाई खारेज गरी जम्मु र कश्मीरलाई दिइएको विषेश दर्ता हटाइएको घोषणा गरेका थिए । उनीहरूलाई पनि केन्द्रीय सरकार मातहत नै ल्याइएको विषयमा केही विरोध भएपनि कार्यान्वयन भने भइसकेको छ ।
जम्मु र कश्मीरका नेताहरूसँगको छलफल राम्रो भएको भन्दै प्रधानमन्त्री मोदीले खुशी व्यक्त गरेको समाचारमा जनाइएको छ । जम्मु कश्मीरलाई कसरी अझ राम्रो बनाउने भन्ने बारेमा नेताहरूका बीचमा खुल्ला बहस भएकोले पनि बैठक सन्तोषजनक भएको प्रधानमन्त्री मोदीले बताएका थिए । (रासस)
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

प्रतिक्रिया