भीरबाट लडेर बैतडीमा एक महिलाको निधन

बैतडी- भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । सिगास गाउँपालिका–३ तल्ला हल्कासैनीका खेमसिंह धामीकी श्रीमती ३८ वर्षीया भावना धामीको मृत्यु भएको हो ।
मंगलबार दिउँसो घरनजिकैको त्वापोड भन्ने भिरबाट लडेर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन गएकी धामीको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको आफन्त दिपेन्द्रसिंह धामीले बताएका छन् । मृतक धामीका ३ छोरा छन् ।

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

प्रतिक्रिया