काठमाडौँबाट पौने चार करोडको कोकिनसहित दुई जना पक्राउ

काठमाडौँ- काठमाडौँबाट प्रहरीले कोकिनसहित तान्जानियन नागरिकलाई पक्राउ गरेको छ । तान्जानियन नागरिकसँग रहेको कोकिन भारततर्फ लैजान आएकी भारतीय महिलासमेत पक्राउ परेकी छिन् ।
प्रहरीले सोमबार नयाँ बानेश्वरस्थित दुई अलग होटलबाट कोकिनसहित भरिया र भारतीय महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तान्जानियन नागरिक ५८ वर्षीय जुमा अब्दुल्ला एमजी र भारतीय महिला के जुचोबेनी सोपोई रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरोको कोटेश्वरको टोलीले सुरुमा तान्जानियन नागरिकलाई होटलबाट पक्राउ गरेको थियो ।
उनीमाथि प्रारम्भिक अनुसन्धान गर्दा कोकिन लिन आएकी महिला अर्को होटलबाट पक्राउ परेकी थिइन् ।
ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यका अनुसार जुमाले बोकेको झोलाभित्र एक किलो १०४ ग्राम कोकिन बरामद भएको थियो ।
बरामद भएको कोकिनको अवैध बजार मूल्य तीन करोड ८७ लाख हुन आउँछ ।
तान्जानियन नागरिकले कोकिन निलेर आएका थिए । होटलबाट आएर दिसाबाट ‘अनलोड’ गरी भारतीय महिलालाई बुझाउने तयारी गरिरहेका थिए ।
एसएसपी आचार्यका अनुसार तान्जानियन नागरिक इथियोपियाबाट दुबई हुँदै नेपाल आएका थिए । दुबईबाट कतार एयरको जहाजमा आइतबार मात्रै आएर उनी होटलमा बसेका थिए ।
आइतबार नै भारतीय महिला बागडोग्रा एयरपोर्टमा उत्रिएर बस चढेर काठमाडौँ आइपुगेकी थिइन् । उनी स्थलमार्गबाटै कोकिन लिएर भारत जान लागेकी थिइन् ।
दुवैमाथि लागूऔषध नियन्त्रण ऐन अनुसार जिल्ला अदालत काठमाडौँबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ । ती महिला भरियाले कसलाई लागूऔषध बुझाउन लागेकी थिइन् भन्ने खुलेको छैन ।
गत साउन २३ गते मात्रै लाटभिएन नागरिक ५१ वर्षीय इभार्स भाल्टर्स ६ किलो २४ ग्राम कोकिनसहित पक्राउ परेका थिए । उक्त कोकिनको अवैध बजार मूल्य २१ करोड ८ लाख रुपैयाँ हुन आउँछ ।
लाट्भियाबाट फ्रान्स हुँदै दुबई ट्रान्जिट भएर ती नागरिक काठमाडौँ आइपुगेका थिए ।
दक्षिण अमेरिकी मुलुकबाट भरियाहरू कोकिन बोकेर आउने गरेकोमा प्रहरीले पहिलोपटक युरोपियन नागरिकलाई पक्राउ गरेको थियो । न्युजकारखाना

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

प्रतिक्रिया