शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

खेलकुल सचिवले हिजाे हामी सांसदको अपमान गरेः सांसद मियाँ

काठमाडौँ - सांसद कल्पना मियाँ कुसहारीले युवा तथा खेलकुद मन्त्रालयका सचिवले अपमान गरेको बताएकी छिन् ।  

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कल्पना मियाँले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले अपमान गरेको गुनासो गरेकी छन् । 

‘हिजो याक एन्ड यतिमा भएको खेलकुद मन्त्रालय र युवा परिषद्को कार्यक्रममा हामीलाई अपमान गरियो, सम्मान दिन सकिँदैन भने अपमान कम्तीमा नगरौं, हामी (सांसद)लाई अपमान हुने कार्यक्रम अब देखि नराखौँ,’ उनले संसदमा भनिन्  ।