विद्युत महसुलबारे रास्वपाले उठायो संसदमा प्रश्न

काठमाडौँ - प्रतिनिधिसभाको सभामुख देवराज घिमिरेले अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई बोल्न दिएका छन् ।
सभामुख घिमिरेले आकस्मिक समयमा एउटै विषय मात्रै बोल्नु पाउनु पर्ने नियम भएको भन्दै थप बोल्न नदिएपछि रास्वपाले उठेर विरोध जनाएको थियो । त्यसमा प्रतिपक्ष कित्तामा रहेको राप्रपाले पनि रास्वपालाई समर्थन जनाएको थियो ।
अन्ततः लामो रस्साकस्सी पछि सभामुख घिमिरेले सांसद ढकाललाई बोल्ने मौका दिएका थिए ।
ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत महसुल बक्यौताका बारेमा धारणा राखेका थिए । ‘प्रधानमन्त्रीज्युले जसरी विद्युत नकाटन भन्दै जुन निर्देशन दिनु भएको थियो, त्यसरी नै विद्युत महसुल उठाउन पनि निर्देशन दिनुपर्यो’ उनले भने ।
विद्युत प्राधिकरणले २२ अर्ब मध्ये १६ अर्ब छुट दिएको उल्लेख गर्दै अहिले ६ अर्बमा सीमित पारिएको भन्दै त्यसमा छानबिन गर्नु पर्ने माग पनि रास्वपाले राखेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया