सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

पर्यटनमन्त्री पाण्डे र कोरियाका पूर्वपर्यटनमन्त्रीबीच भेटवार्ता

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र दक्षिण कोरियाका पूर्वपर्यटनमन्त्री यु जिन रोंङबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका पूर्वमन्त्री रोंङसहितको प्रतिनिधिमण्डलले आज सिंहदरबारमा पर्यटनमन्त्रीसँग भेटवार्ता गरेको हो ।
     
भेटका अवसरमा मन्त्री पाण्डेले नेपाल कोरिया सम्बन्ध स्थापनाको ५०औँ वर्ष पुगेको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्नेमा विश्वास व्यक्त गरे । सन् २००५ मा नेपाल र कोरियाबीचको सांस्कृतिक सम्झौता गरिएको स्मरण गर्दै दुई देशबीच संस्कृति शिक्षा, युवा खेलकुद र पर्यटनका क्षेत्रमा सहयोग पुग्ने उनको भनाइ थियो । 

मन्त्री पाण्डेले नेपाल र कोरियाबीचको हवाई भाडा केही महँगो भएको विषयमा आमजनगुनासो रहेको ध्यानाकर्षण गराएका थिए । उनले भने, '५० हजारभन्दा बढी नेपाली कोरियामा बस्नुहुन्छ । उहाँहरूलाई आवतजावत गर्न विमान भाडा महँगो हुने गरेको गुनासो गर्नुहुन्छ । यस विषयमा कोरियाली सरकारको ध्यानाकर्षण होस् ।'
     
नेपालमा कोरियाबाट बर्सेनि ३० हजार पर्यटक आउने गरेको तथ्याङ्क रहेको बताउँदै कोरियाका पूर्वमन्त्री यु जिनले नेपाल कोरिया दुई मित्र देशबीचको मित्रवत् सम्बन्धको प्रशंसा गरे । उनले हवाई भाडा घटाउनका लागि कोरिया सरकारसँग पहल गर्ने बताए । 

उनले मन्त्री पाण्डेलाई सन् २०२५ मा कोरिया भ्रमणको निम्तोसमेत दिएका छन् ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता