सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

भारतीय सचिव मिस्री उच्चस्तरीय भ्रमण सम्पन्‍न गरी स्वेदश फिर्ता

काठमाडौँ- भारतको विदेश मामिला मन्त्रालयका सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी आज काठमाडौँबाट प्रस्थान गरेका छन् ।

परराष्ट्र सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार यहाँ आएका उनलाई आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले बिदाइ गरिन् । भ्रमणका क्रममा सचिव मिस्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरी द्विपक्षीय आपसी हित र सहयोगका विविध विषयमा छलफल गरेका थिए ।

यसैगरी उनले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।

यसैगरी विदेश सचिव मिस्रीले भ्रमणका क्रममा उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री  प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री डा आरजु राणा देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरी द्विपक्षीय आपसी हित र सहयोगका विविध विषयमा छलफल गरेका थिए ।

परराष्ट्र सचिव लम्साल र विदेश सचिव मिस्रीबीच आज द्विपक्षीय भेटवार्ता भएको थियो । सो अवसरमा दुवै पक्षले नेपाल–भारत सम्बन्धलगायतका समग्र पक्षको समीक्षा गरेका थिए । दुई पक्षबीच ऊर्जा, भौतिक तथा डिजिटल कनेक्टिभिटी, कृषि, पर्यटन, व्यापार तथा पारवहनलगायत विषयमा सहकार्य बढाउने तथा जनता–जनता सम्बन्धलाई सुमधुर बनाउने विषयमा छलफल भएको थियो ।  

साथै दुवै पक्षबीच नियमित द्विपक्षीय संयन्त्रमार्फत अगाडि बढ्ने विषयमा सहमति भएको छ । सचिव लम्सालले उनको सम्मानमा आज दिवाभोजको आयोजना गरेकी थिइन् ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता