ठूलीभेरी र सानीभेरी नदीमा पानीको बहाव उच्च, तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह

त्रिवेणी (रुकुम पश्चिम)- लगातारको वर्षाका कारण ठूलीभेरी र सानीभेरी नदीको सतह बढेको छ । ठूलीभेरी र सानीभेरी नदीको सतह बढेसँगै तटीय क्षेत्र आसपासमा बसोबास गर्ने व्यक्तिलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । ठूलीभेरी र सानीभेरी नदीको सतह बढेसँगै रुकुमपश्चिमको आठबिसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाका तटीय क्षेत्र आसपासका बस्ती उच्च जोखिममा परेको बताएको छ ।
पछिल्लो केही दिनयता निरन्तर वर्षाका कारण सानीभेरी नदीको बहाव बढेकाले नदी क्षेत्र आसपासमा बस्ने स्थानीयलाई सचेत रहन आग्रह गरिएको सानीभेरी गाउँपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिए । उनका अनुसार नदीको बहाव बढेकाले नदी आसपासका स्थानीयलाई माछा मार्ने, काठ सङ्कलन गर्नेजस्ता क्रियाकलाप नगर्न पनि आग्रह गरिएको छ ।
त्यस्तै आठबिसकोट नगरप्रमुख रवि केसीले पनि नदीमा पानीको बहाव बढेकाले आसपासमा रहेका बस्ती तथा स्थानीयलाई सतर्कता रहन आग्रह गरिएको बताए । अविरल वर्षाका कारण बाढी मापन केन्द्र गज रिडरमा ठूलीभेरी तथा सानीभेरी नदीमा सतह बढेको देखिएको जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जनाएको छ ।
नदीको तटीय क्षेत्र आसपासका बस्ती विपतको उच्च जोखिममा रहेकाले सो क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिए । शनिबारदेखि रुकुमपश्चिममा लगातार पानी परिरहेकाले जिल्लावासीलाई बाढी र पहिराबाट हुनसक्ने क्षतिबाट बच्न अनुरोध गरिएको उनले जानकारी दिए । रासस

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

प्रतिक्रिया