बहराइनको अस्पतालले एक नेपालीको उपचारमा खर्च भएको ९४ लाख मिनाहा गर्यो

काठमाडौँ : बहराइनको 'किङ हमद युनिभर्सिटी' अस्पतालले कोमामा एक वर्षदेखि उपचाररत एक नेपालीको उपचार खर्च मिनाहा गरेको छ । अस्पतालले ती नेपालीको उपचारमा खर्च भएको ९४ लाख रुपैयाँ मिनाहा गरेको हो । सन् २०२०देखि अस्पतालको कोमामा उपचाररत बिहीबार नेपाल फर्किएका छन् ।ती नेपालीलाई हिमायलयन एयरलायन्सको चार्टड उडानमार्फत नेपाल पठाएको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ ।
उक्त अस्पतालले उनको उपचारमा लागेको (दिनार २८ हजार ९७४) नेपाली ९४ लाख रुपैयाँ मिनाहा गरेकोमा दूतावासले आभार व्यक्त गरेको छ । उनलाई लिएर सरकारी निकायका कर्मचारी, अस्पतालका चिकित्सक, नर्सिङ सुपरभाइजर, अब्दुलहुसेन अहमीद अली अब्दुलनाबी र उडानको व्यवस्था मिलाउने हिमालय एयरलायन्सलाई दूतावासले धन्यवाद व्यक्त गरेको छ ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया