नेतृत्व छाड्नुपर्ने जनार्दनको प्रस्तावबारे प्रचण्डको प्रतिक्रिया : सबै मिलेर जान्छ, टेन्सन छैन

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन् ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पार्टी एक ढिक्का भएर अघि बढ्ने भन्दै कुनै समस्या नरहेको बताएका हुन् । बैठकमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएपछि अन्य सदस्यहरूले पनि यस विषयमा धारणा राखिरहेका छन् । तर, नेतृत्व हस्तान्तरणबारे सञ्चारकर्मीको प्रश्नमा प्रचण्ड भने सबै मिलेर जाने र केही टेन्सन नरहेको जिकिर गरे ।
सोमबार बैठकमा दिनानाथ शर्मा, यशोदा सुवेदी, हितराज पाण्डे, रेखा शर्मा लगायतले धारणा राखेका थिए । धारणा राख्ने क्रममा बाहिर आएजस्तो बैठकमा कुनै समस्या नरहेको र स्तरीय छलफल भइरहेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनले आर्थिक विकास, आत्म निर्भर, पार्टीभित्रको श्रममा अधिकांशको जोड रहेको उल्लेख गरे ।
सापकोटाले नेतृत्वका विषयमा पनि सदस्यहरूले प्रश्न गरिरहेको उल्लेख गर्दै वैज्ञानिक वस्तुवादी निष्कर्ष आउने बताए ।
स्थायी कमिटी बैठक मंगलबार पनि जारी रहने प्रवक्ता सापकोटाले जानकारी दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया