बंगालादेशका प्रदर्शनकारीले भत्काए ‘भारतीय स्मारक’

ढाका - बंगलादेशमा प्रदर्शनकारीहरूले १९७१ युद्धसँग सम्बन्धित राष्ट्रिय स्मारक भत्काएका छन् ।
मुजिबनगरमा अवस्थित यो स्मारक भारत–मुक्तिवाहिनी सेनाको विजय र पाकिस्तानी सेनाको पराजयको प्रतीक थियो।
१६ डिसेम्बर १९७१ मा पाकिस्तानका लेफ्टिनेन्ट जनरल एएके नियाजीले हजारौं सैनिकसहित भारतीय सेनासमक्ष आत्मसमर्पण गरेका थिए ।
उनले भारतीय सेनाका अफिसर कमाण्डिङ–इन–चीफ लेफ्टिनेन्ट जनरल जगजीत सिंह अरोराको अगाडि कागजातमा हस्ताक्षर गरे। उनको छवि यस स्मारकमा चित्रण गरिएको थियो ।
तर, सो स्मारक भत्काएको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
‘युनुस मोहम्मद भारतका लागि खतरा छैनन्’
यद्यपि, कांग्रेस नेता शशि थरुरले एक अन्तर्वार्तामा मोहम्मद युनुस भारतका लागि खतरा नभएको बताएका छन् ।
उनले युनुसको पाकिस्तानको आईएसआई वा जमातए/इस्लामीसँग कुनै सम्बन्ध नभएको बताए । उनीहरू अमेरिकासँग नजिक छन् । यस्तो अवस्थामा उनको अन्तरिम सरकार गठनले भारत–बंगलादेश सम्बन्धमा खासै प्रभाव पार्ने छैन ।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया