देशभर थपिए १७ सय ३ कोभिड संक्रमित

काठमाडौँः पछिल्लो २४ घण्टामा एक हजार ७ सय ३ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख २९ हजार तीन सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर १७ हजार २ सय ३७ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घन्टामा २३ जना कोभिड संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ । बिहीबार पनि कोभिडबाट २३ जना संक्रमितको मृत्यु भएको थियो ।
योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार चार सय ३५ जना पुगेको छ ।
मन्त्रालयका अनुसार शुक्रबार एक हजार दुई सय ३६ जना संक्रमणमुक्त भएका छन् । योसँगै दुई लाख नौ हजार चार सय ३५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया