आजसम्म बंगलादेशमा न्याय भन्दा दमनको नीति थियोः नवनियुक्त प्रधानन्यायाधीश

ढाका - नवनियुक्त प्रधानन्यायाधीश सैयद रेफात अहमदले यति लामो समयसम्म न्यायको सट्टा दमनको नीति हावी भएको बताएका छन् ।
सोमबार महान्यायाधिवक्ताको कार्यालय र सर्वोच्च अदालत बारले पुनरावेदन महाशाखामा दिएको स्वागत समारोहमा उनले यस्तो धारणा राखेका हुन ।
आफ्नो भाषणको सुरुमा सैयद रेफात अहमदले विद्यार्थी र जनआन्दोलनमा मारिएका शहीदहरूको सम्झना गर्दै भने, ‘म विद्यार्थी र सम्पूर्ण देशका जनतालाई बधाई दिन्छु, म यस आन्दोलनलाई समर्थन गर्नेहरूलाई पनि बधाई दिन्छु।’
उनले थप भने, ‘विद्यार्थीहरूले असमानता विरुद्ध ठूलो जागरण ल्याएका छन्। विद्यार्थी र जनताको क्रान्तिले गर्दा मलाई यो जिम्मेवारी सुम्पिएको छ, जुन म पूरा गर्नेछु। अहिले हामी भग्नावशेषमा उभिरहेका छौं। यस विनाशमा उभिएर हामीले नयाँ सुरुवात गर्नुपर्छ।’
प्रधानन्यायाधीशले कुनै पनि किसिमको अनियमितता सह्य नहुने चेतावनी दिएकाे ढाका ट्रिब्युनले उल्लेख गरेकाे छ ।

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया