सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

सुनको मूल्य घट्यो

फाइल फोटो

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको तोलामा १०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।