बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

अर्थमन्त्री पौडेल र भारतीय सचिवबीच भेटवार्ता

काठमाडौँ - उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेल तथा भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ  ।

दुई दिने भ्रमणको क्रममा हिजो नेपाल आएका भारतीय विदेश सचिव मिस्री आज अर्थमन्त्री पौडेललाई भेट्न सिंहदरबार पुगेका हुन् । 

उनले हिजो राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।