विदुरमा पुष्प खेती विस्तार कार्यक्रमको सुरूवात

काठमाडौँ- विदुर नगरपालिकाले पुष्प खेती विस्तार कार्यक्रमको सुरूवात गरेको छ । विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आथित्यतामा वडा नम्बर ५ र वडा नम्बर ९ मा रहेको खाली जग्गामा पुष्प खेती विस्तार कार्यक्रम सुरूवात गरिएको हो ।
उक्त स्थानमा रहेको ७ रोपनी जमिनलाई सदुपयोग गर्दै सयपत्री र मखमली जातका ९ हजार ८०० फूलका विरुवा रोप्ने कार्यको सुरुवात गरिएको छ ।
कार्यक्रममा नगप्रमुख श्रेष्ठसहित नगर उपप्रमुख प्रभा बोगटी, वडा नम्बर ५ का वडाअध्यक्ष लिलानाथ न्यैापाने, वडा नम्बर ९ का वडाध्यक्ष हरेराम भण्डारीसहित जनप्रतिनिधि, कर्मचारी, स्थानीय सरोकारवाला तथा स्थानीयहरूको सहभागिता रहेको थियो ।

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया