फिलिपिन्समा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

मनिला : फिलिपिन्स वायुसेवा (पिएएफ) को एउटा सैनिक हेलिकप्टर बुधबार राति दुघैटनाग्रस्त भएको छ । सेनाका अनुसार उत्तरी मनिलामा भएको यस दुर्घटनामा एस–७०आई ब्लाक हक कलसाइनको हेलिकप्टरमा सवार सबै छ जनाको मृत्यु भएको छ ।
वायुसेनाले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको जनाइएको छ । तार्लाक प्रान्तको कापास शहरस्थित हवाई अखडाबाट तालिमका लागि राति १० बजेतिर उडेको केही क्षणभित्रै उक्त हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।
रक्षा सचिव डेल्फिन लोरेन्जानाले अर्को विज्ञप्ति जारी गरी दुर्घटनामा तीन पाइलट र अरु तीन जना सैनिकको ज्यान गएको बताएका छन् । सेनाले हेलिकप्टर सम्पर्क विहीन भएसँगै खोजी र उद्धार सुरु गरेको थियो ।
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

प्रतिक्रिया