पश्चिम–नवलपरासीमा गड्यौलाबाट व्यावसायिक मल उत्पादन

पाल्हीनन्दन (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा गड्यौलाबाट व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादनमा गर्न थालिएको छ । केही वर्ष अघिसम्म परीक्षणका लागि मल उत्पादन सुरू गरेका किसानले हाल व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादन गर्न थालेका हुन् ।
जिल्लाको सुनवल नगरपालिका–१३ मिनी बडेरा निवासी हरि भण्डारीले व्यावसायिक रूपमा गड्यौला पालन गरेर मल उत्पादन सुरू गरेको बताए । उनले भारतको गोरखपुरबाट गड्यौलाबाट मल उत्पादनसम्बन्धी तालिम सिकेर व्यवसायी रूपमा मल उत्पादन गर्न थालेको बताए । परीक्षणका रूपमा ११ वर्षअघि गड्यौला पालन सुरू गरे पनि हाल चार जनालाई रोजगारी दिएर व्यावसायिक मल उत्पादन गर्न थालेको उनको भनाइ छ ।
उनले रु ५० लाख लागतमा ढाई कठ्ठा जग्गामा अष्ट्रेलियन प्रजातिका गड्यौला पालन गरेका छन् । “अघिल्ला वर्षसम्म गड्यौलाबाट मल उत्पादनसम्बन्धी त्यति ज्ञान नभएर घाटामा गइयो तर हाल धेरै समस्या छैन । बजारीकरणमा कुनै समस्या नभएमा राम्रो आम्दानी हुने आशा जागेको छ”, उनले भने ।
उनकी श्रीमती कल्पना सुवेदीले सुरूमा गड्यौला पालन गर्ने भन्दा धेरैलाई अनौठो लागे पनि काम गर्दै जाँदा हाल अरूले पनि यो व्यवयासमा चासो दिन थालेका बताए । “हाम्रो आम्दानीको स्रोत नै यही हो । सम्पूर्ण श्रम र सम्पत्ति यही व्यवसायमा लगाएका छौँ । विस्तारै राम्रो प्रतिफल दिने आशा जागेको छ”, उनले भने ।
यसैबीच आज नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द, पूर्वराज्य मन्त्री घनश्याम यादवलगायत स्थानीयले उनको गड्यौला फार्म निरीक्षण गरेका छन् । यस कार्यले आफूलाई थप उत्साह मिलेको भण्डारी दम्पतीको भनाइ छ ।
बर्दघाट पश्चिम–नवलपरासी कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख डा रवीन्द्रनाथ चौबेले यस जिल्लामा दुई जनाले व्यावसायिक रूपमा गड्यौलाबाट मल उत्पादन गरिरहेका र अन्यले पनि व्यावसाय सञ्चालनका लागि योजना बनाइरहेका बताए । रासस

लुम्बिनीको नीति तथा कार्यक्रम : सन्तुलित तथा विशेषतायुक्त विकासमा प्राथमिकता

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_8PIYLFHVaT_atppxcek0p0xbespwhxpquysdoh8c0kmjrq9dk677nmixeqicfpjq6qwxegc.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_yras5GqMEm_ljal6itubsxobzz06vzuuqf9bfeepvkown23xfmcq7ix2vi0ltpdjcsi7bsl.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

प्रतिक्रिया