शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

जगदम्बा मोटर्स र पोस्टामले सय जना कन्टेन्ट क्रिएटरहरूलाई टिभिएस एन्टर्क स्कुटरद्वारा पुरस्कृत गर्ने

काठमाडौँ- जगदम्बा मोटर्स नेपालका लागि टिभिएस स्कुटर र मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हो । मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्दै नेपालकै सबैभन्दा ठूलो कन्टेन्ट प्रतियोगिताको आयोजना गर्ने भएको छ । यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई आफ्नो कला देखाउँदै  रोमाञ्चक पुरस्कारहरू जित्न प्रोत्साहन गर्ने रहेको छ ।

उक्त प्रतियोगिता पोस्टामको प्लेटफर्ममा हुनेछ । अन्य सोसल मिडिया प्ल्याटफर्महरू भन्दा भिन्न रहेको पोस्टाममा प्रयोगकर्ताहरूले सूचना आदान–प्रदान गर्न, मानिसहरूसँग कनेक्ट हुनुका साथै आफ्नो कन्टेन्टलाई मनिटाइज गरेर नियमित पोस्टहरू मार्फत पनि आम्दानी गर्ने अवसरहरू प्राप्त गर्छन् । कम्पनीका अनुसार यो प्रतियोगिता एक ऐतिहासिक र नेपाली कन्टेन्ट क्रिएटरहरूको लागि सबै भन्दा ठूलो पुरस्कार राशी रहेको प्रतियोगिता हो ।

टिभिएस नेपालकी प्रोडक्ट हेड करुणा पुडासैनीले यस प्रतियोगिताको लागि पोस्टाम एपसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित रहेको बताइन् । साथै यो प्रतियोगिता कन्टेन्ट क्रिएटरलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने बताइन् । 

त्यस्तै पोष्टमका प्रमुख कार्यकारी अधिकृत र सह–संस्थापक रोनिश दाहालले यो प्रतियोगिताले कन्टेन्ट क्रिएसनलाई आफ्नो करियरको रुपमा स्थापित गर्न नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई मद्दत गर्ने कुरामा विश्वस्त रहेको बताए । 

कन्टेन्टको क्वालिटी र इङ्गेजमेन्टको आधारमा टप १०० जना छनोट हुने आयोजकले बताएका छन् । पोस्टामले आवश्यक कन्टेन्ट थिमको बारेमा गिग फिचरमार्फत स्पष्ट निर्देशनहरू प्रदान गर्नेछ जसले सहभागीहरूलाई सुरुवात गर्न निकै सहज बनाउने छ । पोस्टाम प्रयोगकर्ताहरूले यो बाहेक अन्य थुप्रै अवसरहरूमार्फत पनि आम्दानी गर्न सकिने सुविधा प्रदान गर्ने आयोजकले जनाएको छ । 

जगदम्बा मोटर्स र पोस्टामको सहकार्यमा हुन लागेको यस प्रतियोगिताले कन्टेन्ट क्रिएटरको प्रतिभालाई पुरस्कृत गर्ने मात्र नभई नेपाली युवाहरूमा रचनात्मक अभिव्यक्तिको लहर ल्याउन मद्दत पुर्याउनेमा आयोजक विश्वस्त रहेको छ । प्लेस्टोर प्रयोगकर्ताहरूले  https://apps.apple.com/np/app/postaam/id1594377538 र एन्ड्रोइड प्रयोगकर्ताहरूले https://play.google.com/store/apps/details?id=com.upliftsolutions.postaam बाट पोस्टाम डाउनलोड गरेर यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् । 

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्…

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?