एक लाख ५० हजार घूससहित कर अधिकृत पक्राउ

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस लिएको अभियोगमा कर अधिकृतलाई नियन्त्रणमा लिएको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत रमेश ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायाेजनको रकम फिर्ता गरिदिने भन्दै एक लाख ५० हजार रुपैयाँ घूस लिएको अवस्थामा रकमसहित पक्राउ गरेको हो ।
अख्तियारले अनुसन्धानपछि अधिकृत ढकालले घूस लिएको पुष्टि भएको बताएको छ । उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ अनुसार एक लाख ५० हजार बिगो रकम माग गरेर आज बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

प्रतिक्रिया