सुत्केरीको हेलिकप्टरबाट उद्धार

खाँदबारी (सङ्खुवासभा)- पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल सङ्खुवासभाबाट आज एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोजपुर षडानन्द–५ की ३३ वर्षीया नानीमैयाँ मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
जिल्ला अस्पताल सङ्खुवासभाका डा प्रदीप श्रीवालका अनुसार आज बिहान ६ बजेदेखि अत्यधिक रक्तस्राव भएर मगरको पाठेघर फुटेको थियो । पाठेघर फुटेलगत्तै गर्भमा रहेको कम्तीमा ४२ हप्ताको शिशुको मृत्यु भएको उनले जानकारी दिए । जिल्लामा उपचार सम्भव नभएपछि मगरलाई दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यविधिअनुसार उद्धार गरिएको स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व प्रमुख भवानी तिम्सिनाले बताइन् ।
मगरलाई थप उपचारका लागि परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, काठमाडौँ पठाइएको उनले जानकारी दिइन् । रासस

पहिरो पन्छाउने प्रयास नगरेपछि वडा कार्यालयमा तालाबन्दी

रोटरी ई–क्लब र रोटरी क्लब अफ काठमाडौं हाइटको संयुक्त वृक्षरोपण कार्यक्रम सम्पन्न
शुक्लाफाँटा निकुञ्ज पाटेबाघका लागि प्रख्यात

विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

राशिफलमा हेर्नुहोस् तपाईंको भाग्य

सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ पोखरामा भेटिए, नाम पुष्टि हुन बाँकी

प्रतिक्रिया