इजरायली हमलामा विद्यालयमा आश्रय लिइरहेका एक सय बढी प्यालेस्टाइनीहरूको मृत्यु

गाजा - शनिवार बिहान गाजा शहरको एउटा विद्यालयमा शरण लिइरहेका सयौं निर्दोष प्यालेस्टाइनीहरू आफ्नो जीवनको लागि प्रार्थना गर्दै थिए । त्यति नै बेला इजरायली लडाकु विमानहरूले बमबारी सुरु गरे। यस क्रूर आक्रमणमा एक सय बढी मानिसले ज्यान गुमाए । दर्जनौं घाइते भए।
अल–ताबाइन स्कूलले बिहानको प्रार्थनाका लागि एकत्रित भएका विस्थापित मानिसहरूलाई सुरक्षित स्थलको रूपमा आश्रय दिइरहेको थियो । अचानक मृत्युको मैदानमा परिणत भयो । प्यालेस्टाइनले सामाजिक संजाल एक्समार्फत विज्ञप्ति सार्वजनिक गर्दै इजरायली विमानहरूले गाजा शहरको पूर्वमा रहेको यस विद्यालयमा तीन वटा रकेटले आक्रमण गरेको थियो । जसले त्यहाँ रहेका धेरैको ज्यान गएको जानकारी दिएको छ ।
घाइतेहरूलाई शहरको अहली अरब अस्पतालमा लगिएको छ। अधिकांशको अवस्था गम्भीर रहेको छ।
हमासले यो आक्रमणलाई 'नरसंहार' भन्दै यसको तीव्र निन्दा गरेको छ। हमासले इजरायल र अमेरिकी प्रशासनलाई यस निर्दोष मानिसहरूको मृत्युको लागि जिम्मेवार ठहर्याएको छ।
यो हमलाले गाजाका मानिसहरूको पीडा अझ गहिरो बनाएको छ । उनीहरू लामो समयदेखि शान्ति र सुरक्षित आश्रयको खोजीमा संघर्ष गरिरहेका छन्।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया