गायक प्रकाश तिमिल्सिनाको निधन

काठमाडौँ - गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। उनको शनिबार साँझ पाटन अस्पतालमा मृत्यु भएको हो ।
भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला परेका उनलाई परिवारका सदस्यहरूले तत्काल पाटन अस्पताल पुर्याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषित गरे ।
तिमल्सिनाको शव आइतबार बिहान सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने संगीतकार चेतन सापकोटाले जानकारी दिए । तिमिल्सिनाको अन्तिम संस्कार आइतबार पशुपति आर्यघाटमा गरिने बताइएको छ।
तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीत चर्चित छन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया