सामाजिक सुरक्षा कोषमा सामेल नहुन कर्मचारी यूनियनको दबाब

काठमाडौँ : सामाजिक सुरक्षा कोषमा सामेल नहुन बैंकका कर्मचारी यूनियनले दबाब बढाएका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी २९ कर्मचारी यूनियनले संयुक्त विज्ञप्ति जारी गर्दै तीन दशकदेखि कर्मचारीहरूले सामाजिक सौदाबाजीबाट प्राप्त गरेका सेवा सुविधाबाट समेत विमुख हुनुपर्ने अवस्था आएको भन्दै विरोधमा उत्रेका छन् ।
सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थाका कम्पनीहरूले उठान गर्दै आएको विषयलाई वेवास्ता गरी एकोहोरो अस्वभाविक दबाब दिदाँ वित्तीय क्षेत्रमा आतंक सिर्जना भएको र कर्मचारीहरूको मनोबलमा समेत ह्रास आएको कारण समग्र वित्तीय क्षेत्रमा नकारात्मक असर परेको भन्दै बैंक वित्तीय संस्थाका कर्मचारी यूनियनले प्रदान गरेका सुझावका आधारमा ऐन, नियमावली र कार्यविधिमा संशोधन गर्न समेत आग्रह गरेका छन् ।
कर्मचारी यूनियनहरूले सामाजिक सुरक्षा कोषले जबर्दस्ती गरे प्रतिवादमा उत्रने पनि उल्लेख गरेका छन् । केही बैंक तथा वित्तीय संस्थामात्र अहिले सामाजिक सुरक्षा कोषमा सहभागी भएका छन् भने अधिकांश अहिलेकै प्रावधानमा सहभागी नहुने अडान राख्दै आएका छन् ।

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_DF22OdoZHC_btybqqqy7j6st8dze430lmav6oegbvojrqz86kwzdevflg06ctjezrpk9u5g.jpg)
प्रतिक्रिया