सिरहामा आज ९ घण्टा विद्युत् अवरुद्ध हुने

सिरहा- नेपाल विद्युत् प्राधिकरणको सिरहास्थित लहान वितरण केन्द्रबाट सप्लाई हुने विभिन्न स्थानमा शनिबार बिहान ८ देखि साँझ ५ बजेसम्म नौ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
प्राधिकरणको लहान वितरण केन्द्रले आज एक सूचना जारी गर्दै लहान सबस्टेसनदेखि महेन्द्र राजमार्गसम्म जदही तथा लहान फिडरको ११ केभी प्रसारित जीर्ण तारलाई ‘अपग्रेड’ गर्न लागिएकाले विद्युत् वितरण प्रभावित हुने जनाएको हो ।
प्राधिकरणका अनुसार लहान फिडरअन्तर्गतका लहान नगरपालिका, धनगढीमाई नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, नवराजपुर गाउँपालिका, वरियापट्टि गाउँपालिका—१, गोलबजार नगरपालिका—१ लगायत क्षेत्रमा विद्युत् प्रभावित हुनेछ । प्राधिकरणले यी क्षेत्रमा निर्धारित समयभित्र काम सकेर लाइन सञ्चालन गर्ने प्रयास रहने जानकारी गराएको छ ।

बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते

डावरटोल खानेपानी आयोजना निर्धारित समय अगावै सम्पन्न

गाउँपालिकाका पूर्वअध्यक्ष साहसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी
_yVKO7sTRBR_2y1nd52rp5bcm7hhbeonry61hp0rv9gkbvesz24shfpmthiufbvqyhqfqpec_k86e13zWf5_hqflj12hxbbblyaumduct9vaccaecqevgclucbuuykh4ghgxuk6hdtafa47j.jpg)
गलेश्वर बजार सौन्दर्यीकरण : सडकमा ढुङ्गा बिछ्याउन थालियो
पाँच वर्षपछि सकियो खानेपानी आयोजना

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण

दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश

प्रतिक्रिया