७६ (५) मा सरकार बनाउन प्रतिनिधि सभा सदस्य स्वतन्त्र : वरिष्ठ अधिवक्ताहरू
बहस हेर्दाहेर्दैमा

काठमाडौँ : वरिष्ठ अधिवक्ताहरूले संविधानको धारा ७६ (५) अनुरुप सरकार बनाउन प्रतिनिधिसभा सदस्यहरू स्वतन्त्र हुने बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध संवैधानिक इजलासमा भइरहेको बहसमा वरिष्ठ अधिवक्ताहरूले त्यस्तो दाबी गरेका हुन् ।
बहसका क्रममा वरिष्ठ अधिवक्ता हरि उप्रेतीले ७६ (५) मा सरकार बनाउन प्रतिनिधिसभा सदस्य स्वतन्त्र भएको बताए । 'दलहरू असफल भएपछि सांसदले सरकार दिने अवस्था हो । शेरबहादुर देउवाको १४९ जना सांसदको हस्ताक्षर र १४६ को उपस्थिति निर्विवाद छ । यसलाई अदालतले वेवास्ता गर्न मिल्दैन,' बहसका क्रममा उनले भने । अबको निकास अब निकास भनेको मिति तोकेर प्रतिनिधिसभा बोलाउन आदेश दिने र निवेदकले विश्वासको मत लिने भएको उनले बताए । मिति नै तोकेर संसदमा विश्वासको मत लिने व्यवस्था मिलाउन उनले माग गरे ।
वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिबाट संविधानसम्मत काम नभएको बताए । उपधारा ५ दलका लागि नभएको उनको दाबी थियो ।
'उपधारा ४ प्रयोग भए पनि नभए पनि ओली पदमुक्त भएका छन् । उपधारा ५ अनुसार प्रतिनिधि सभाका स्वतन्त्र १४६ सांसदको हस्ताक्षर लिएर पाँच पूर्वप्रधानमन्त्री उपस्थित निवेदन भएर दिएका छन् । सशरीर उपस्थित भएर १४६ सांसदले हस्ताक्षर गरेका छन् । त्यसकारण देउवालाई प्रधानमन्त्री बनाउने आदेश दिनुपर्छ,' उनले भने । राष्ट्रपतिले नियुक्त गर्नुपर्नेमा नगरेकाले अदालतले नियुक्त गर्नुपर्ने उनले दाबी गरे ।
वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले १४६ सांसदको हस्ताक्षर भएकाले सोझै देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने बताए ।
वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की उपधारा ५ दलको नभई सांसदको भएको बताए । विश्वासको मत नलिएका ओली उपधारा ५ मा जान नमिल्ने उनले बताए । दलको समर्थनमा निवेदन दिएकाले ओलीको दाबी अस्वीकृत गर्नुपर्ने उनको तर्क छ । सांसदको हस्ताक्षरसहित गएका देउवालाई नियुक्त गर्नुपर्ने उनको दाबी छ ।
वरिष्ठ अधिवक्ता गान्धी पण्डित र खगेन्द्र अधिकारीले ओलीलाई देखाएर देउवाको दाबी रद्द गर्नु गैरसंवैधानिक कुरा भएको दाबी गरे । बहस हेर्दाहेर्दैमा सकिएको छ ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया