कति भारतीय रुसी सेनामा भर्ना भए ?

काठमाडौँ - भारतीय विदेशमन्त्री एस जयशंकरले लोकसभामा रुसी सेनामा भर्ती भएका भारतीयहरूको बारे बताएका छन् । जयशंकरका अनुसार ९१ भारतीय नागरिक रुसी सेनामा भर्ती भएका थिए । यी मध्ये आठ नागरिकको पनि मृत्यु भएको छ।
विदेशमन्त्री जयशंकरले सरकारी सहयोगमा रुसी सेनाबाट १४ भारतीयलाई बाहिर निकालिएको बताए । ६९ जना भारतीय अझै रुसबाट भारत फर्कन पर्खिरहेका छन् ।
जयशंकरले भने, 'हामीले यो विषयलाई गम्भीरताका साथ लिएका छौं । मैले आफैले रुसी विदेशमन्त्रीसँग पटकपटक यो विषय उठाएको छु । गत महिना रुसको भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि यो मुद्दा उठाएका थिए। रुसी सेनामा भर्ती भएमा भारतीयलाई त्यहाँबाट मुक्त गरिने उनले आश्वासन पाएका छन्।'
'रूसी अधिकारीहरूले विश्वास गर्छन् भारतीय नागरिकहरूले रूसी सेनासँग सेवाको लागि सम्झौतामा हस्ताक्षर गरेका थिए। तर हामी त्यो विश्वास गर्दैनौं', उनले भने, 'हाम्रा नागरिकहरूलाई बहकाइएको थियो, उनीहरूलाई अरू कामको लागि लगेर रूसी सेनामा खटाइयो।'
सीबीआईले १९ व्यक्ति र संस्थाविरुद्ध फौजदारी मुद्दा दर्ता गरेको परराष्ट्रमन्त्रीले बताए । रुसबाट फर्किएका १४ जनामाथि पनि अनुसन्धान भएको छ । १० मानव बेचबिखन विरुद्ध पर्याप्त प्रमाण फेला परेको छ ।
यस मुद्दाको अनुसन्धानका क्रममा गत वैशाख २४ गते दुई अभियुक्त पक्राउ परेका थिए भने वैशाख ७ गते थप दुई जना पक्राउ परेका थिए । आरोपित चारै जना अहिले न्यायिक हिरासतमा छन् ।

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया