बंगलादेशमा हिन्दू लगायत अल्पसंख्यकको सुरक्षाका लागि मोदी सरकारको नयाँ कदम के छ ?

काठमाडौँ - बंगलादेशमा जारी अवस्थाको अनुगमन गर्न भारत सरकारले समिति गठन गर्ने निर्णय भएको छ । समितिले बंगलादेशी हिन्दूहरूको सुरक्षा सुनिश्चित गर्न प्रयास गर्नेछ।
गृहमन्त्री अमित शाहले ट्विट गर्दै भनेका छन्, ‘बंगलादेशमा चलिरहेको अवस्थालाई ध्यानमा राख्दै मोदी सरकारले भारत–बंगलादेश सीमा (आईबीबी)को वर्तमान अवस्थाको निगरानी गर्न समिति गठन गरेको छ । उनले लेखेका छन् कि यस समितिले बंगलादेशमा रहेका आफ्ना समकक्षी अधिकारीहरूसँग भारतीय नागरिक, हिन्दू र त्यहाँ बस्ने अन्य अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्नका लागि सञ्चार कायम गर्नेछ।'
यो समितिको नेतृत्व एडीजी, सीमा सुरक्षा बल, पूर्वी कमाण्डले गर्नेछ । शेख हसिनाले बंगलादेशमा देश छोडेपछि सामाजिक सञ्जालमा हिन्दू सम्पदा र मन्दिरमा हमला भएको समाचार आइरहेका छन् ।
भारतका विदेशमन्त्री एस. जयशंकरले अगस्ट ६ मा संसदमा भनेका थिए, 'त्यहाँ बस्ने अल्पसंख्यकहरू सबैभन्दा कष्टकर छन्। धेरै ठाउँमा उनीहरूको पसल र मन्दिरमा हमला भएको रिपोर्ट आएको छ। तर, यसबारे पूर्ण जानकारी प्राप्त भएको छैन।'

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया