लुम्बिनी विकास कोषमा गरिएको तालाबन्दीप्रति बौद्ध संघसंस्थाको विमति

काठमाडौँ - धर्मोदय सभा र अन्य बौद्ध संघसंस्थाले लुम्बिनी विकास कोषमा गरिएको तालाबन्दी, घेराउलाई अशोभनीय क्रियाकलाप भन्दै त्यसप्रति विरोध जनाएका छन् ।
लुम्बिनी नगर क्षेत्रका स्थानीय बासिन्दासहित केही समूहले प्रस्तुत गरेका मागप्रति विपति जनाउँदै सभाद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, “लुम्बिनी विकास कोषसामु प्रस्तुत माग सकारात्मक भए पनि कोष गठन ऐन कानुन बमोजिम हुने तथा कोष स्थानीयलाई जिम्मा दिनु पर्ने माग जायज ठहर्न सक्दैन । मापदण्डअनुसार योग्यता पुगेकालाई स्थान दिनुपर्ने विषयलाई मागपत्रमै लेखिनुले शंका उब्जाएको छ ।”
अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध महासंघ, नेपाल परम्परागत बौद्धधर्म संघ, लोटस रिसर्च सेन्टर तथा नेपाल मगर बौद्ध सेवा समाजले मायादेवी मन्दिरमा पूजापाठ गर्ने पुजारी नियुक्त गर्नुपर्ने मागप्रति असहमति जनाएका हुन् । यी संस्थाले लुम्बिनीको महत्व र संवेदनशीलतालाई दृष्टिगत यो विश्व सम्पदा क्षेत्रमा अशान्ति हुने कुनै किसिमका गतिविधि नगर्न सम्बन्धित सबैसँग अनुरोध गरेका छन् ।

बालप्रतिभाको तालमा गुञ्जियो मादल: वाद्यसम्राट न्हुच्छे डंगोल प्रतियोगिताको ग्रान्…

ठमेलका गुण्डागर्दी: क्लब ओम्नियाका सञ्चालक पनि पक्राउ

एसईई २०८१ मा बाल गीताञ्जली विद्यालयबाट ६ विद्यार्थीले ल्याए ४ जिपिए, पूर्वी का…
२४ घण्टामा झापाका बिर्तामोड, चन्द्रगढी र केचनामा एक सय २९ मिलीमिटरसम्म वर्षा

दीपक चापागाईँको उदाहरणीय कागतीखेती

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

प्रतिक्रिया