नक्कली भिसा मिलाइदिने नेपाली भारतबाट पक्राउ

काठमाडौँ - नक्कली भिसाको कारोबार गर्ने एक नेपाली भारतमा पक्राउ परेका छन् । उनलाई दिल्ली प्रहरीले दिल्लीमा लुकेर बसेको ठाउँबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पक्राउ पर्ने नेपाली बुटवलका सुनिल थापा रहेका छन् । उनले 'इजि मनि' र विदेशमा राम्रो जीविकोपार्जन गर्ने वाचा दिएर मानिसहरूलाई प्रलोभनमा पार्ने गरेका थिए ।उनले नेपाली महिलालाई भारतीय राहदानीमा नक्कली हङकङ भिसा दिएको आरोप छ ।
सबिना गुरुङ भारतीय राहदानी लिएर हङकङबाट अगस्ट ५ मा दिल्ली आइपुगेकी थिइन् । उनको चेकजाँच गर्दा उनी नेपाली भएको पाइएको थियो । २७ वर्षीया सविना लमजुङकी हुन् । सोधपुछका क्रममा सबिनाले भारतीय पासपोर्टबाट विदेश जान सजिलो हुने साथीले बताएकाले लिएको बताइन् ।
२०१८ मा उनका एक नातेदारले नक्कली कागजातका आधारमा भारतीय पासपोर्ट लिएको उनले खुलासा गरिन् । केही वर्षदेखि उनले सुनिललाई भेटेको र १ लाखमा हङकङको भिसाको व्यवस्था गरेको उनले बताइन् । उनी २०२३ को डिसेम्बरमा 'वर्किङ भिसा'मा हङकङ गएकी थिइन् र जनवरी २०२४ मा फर्किएकी थिइन्।
यो पटक नक्कली भिसाका कारण सविनालाई हङकङबाट फिर्ता पठाइको थियो । २८ वर्षीय सुनिल थापा उर्फ राजले प्रहरीसँग आफ्नो अपराध स्विकारेका छन् ।

यस्तो छ आजको राशिफल

रामजानकी मन्दिर निर्माणको काम सुरु

एसपी गिरीले सम्हाले रौतहट प्रहरीको कमाण्ड

दुम्कीबासमा डाइभर्सन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
ओडिसामा प्रिशा मृत्यु प्रकरण : नेपाल सरकारले थाल्यो कुटनीतिक पहल

गौरीटापको पर्यटन प्रवर्द्धनका लागि स्पार्क एड्भेञ्चर

विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

प्रतिक्रिया