सोमबार १९ साउन, २०८२
Monday, August 04, 2025

कोसी प्रदेशमा आज सार्वजनिक विदा

काठमाडौँ- कोसी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ।  

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको हो। 

कोसी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा विदा दिने निर्णय भएको बताए।