बागलुङ पहिरो : थप दुई शव फेला, एक जना अझै बेपत्ता

ढोरपाटन (बागलुङ)- गत मङ्गलबार बिहान बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परेर बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता छन् । पहिरोमा परेर बेपत्ता ११ वर्षीय मनोज बुढाको शव बिहीबार साँझ फेला परेको हो ।
एघार वर्षीय सुमन थापा अझै बेपत्ता रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गतले जानकारी दिए । पहिरोले घर पुरिँदा बेपत्ता भएका थापाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरी खोजी कार्य भइरहेको उनको भनाइ छ ।
पहिरोले घर पुरिँदा स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिने छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मङ्गलबार नै फेला परेको थियो । तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् । आज दुई जनाको शव फेला परेको उनको भनाइ छ । बिहान सात वर्षीया मधु बुढाको शव फेला परेको थियो भने केही बेर अगाडि मनोज बुढाको शव फेला परेको अध्यक्ष अधिकारी बताउँछिन् ।
अध्यक्ष अधिकारीका अनुसार पहिरोमा परी घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको अवस्था गम्भीर भएको हुँदा हेलिकप्टरमार्फत उपचार गर्न काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार हुँदैछ ।

शिकारीबासमा फोन गर्न रुख चढ्नुपर्ने !

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

प्रतिक्रिया