बर्दीको इज्जत बढाउनुहोस् : महानिरीक्षक कुँवर

काठमाडौँ- प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सङ्गठनको प्रतिष्ठा र बर्दीको इज्जत बढाउने गरी कार्यसम्पादन गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
नेपाल प्रहरीबाट प्रवाह हुँदै आएको सेवाप्रति जनताको गुनासो बढिरहेको उल्लेख गर्दै उनले जनताका सेवामा समर्पित भएर तहगत जिम्मेवारीमा इमान्दारीपूर्वक खटिनुपर्नेमा जोड दिए ।
प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भएका रामदत्त जोशीलाई आज दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भने, 'प्रहरीको बर्दीको इज्जत बढाउनेतर्फ हरदम केन्द्रित हुनुहोस् । यो नै हामी सबैको हितमा हुन्छ । परम्परागत शैली त्यागेर आ–आफ्नो स्थानबाट व्यावसायिक इमानदार, निष्ठावान् र कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउने गरी दृढतापूर्वक काम गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।'
कार्यक्रममा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक जोशीले सङ्गठनको नीतिलाई अङ्गीकार गर्दै कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बालप्रतिभाको तालमा गुञ्जियो मादल: वाद्यसम्राट न्हुच्छे डंगोल प्रतियोगिताको ग्रान्…

ठमेलका गुण्डागर्दी: क्लब ओम्नियाका सञ्चालक पनि पक्राउ

एसईई २०८१ मा बाल गीताञ्जली विद्यालयबाट ६ विद्यार्थीले ल्याए ४ जिपिए, पूर्वी का…
२४ घण्टामा झापाका बिर्तामोड, चन्द्रगढी र केचनामा एक सय २९ मिलीमिटरसम्म वर्षा

दीपक चापागाईँको उदाहरणीय कागतीखेती

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

प्रतिक्रिया