६ किलो २४ ग्राम कोकिनसहित विदेशी नागरिकलाई पक्राउ
काठमाडौँ- प्रहरीले ६ किलो २४ ग्राम अवैध लागूऔषध कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै साउन २३ गते कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरिएको जनाएको हो ।
सुटकेसभित्र लुकाई-छिपाई राखेको उक्त परिणामको कोकिनसहित लाटभियाका नागरिकलाई पक्राउ गरिएको व्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । बरामद गरिएको लागूऔषध कोकिनको अवैध बजार मूल्य अन्दाजी २१ करोड ८ लाख रुपैयाँ रहेको उनले बताए ।
उनलाई लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बालप्रतिभाको तालमा गुञ्जियो मादल: वाद्यसम्राट न्हुच्छे डंगोल प्रतियोगिताको ग्रान्…

ठमेलका गुण्डागर्दी: क्लब ओम्नियाका सञ्चालक पनि पक्राउ

एसईई २०८१ मा बाल गीताञ्जली विद्यालयबाट ६ विद्यार्थीले ल्याए ४ जिपिए, पूर्वी का…
२४ घण्टामा झापाका बिर्तामोड, चन्द्रगढी र केचनामा एक सय २९ मिलीमिटरसम्म वर्षा

दीपक चापागाईँको उदाहरणीय कागतीखेती

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

प्रतिक्रिया