तीर्थयात्री कुट्ने प्रहरीमाथि कारबाही
हेटौंडा - वीरगञ्जको घण्टाघरमा हेटौँडाका एक तीर्थयात्रीमाथि प्रहरीद्वारा कुटपिट भएको छ ।
बैकुण्ठधाम तीर्थयात्राबाट फर्किँदै गरेका यात्रीले घण्टाघरको तस्बिर र भिडियो खिच्दा प्रहरीले उनलाई समातेर मोबाइल खोसेको र पछि कुटपिट गरेको आरोप लागेको छ।
गत सोमबार साँझ तीर्थयात्राबाट फर्किँदै गरेको बससँग घण्टाघर चोकमा स्कुटर ठोक्किएको थियो । स्कुटर चालकले आफूलाई र स्कुटरलाई केही नभएको बताउँदै गएपछि बसका चालक र यात्रुसँग घण्टाघरस्थित प्रहरीले सोधपुछ गरेको थियो ।
सोही क्रममा बसबाट झरेका हेटौँडा-१८ का गणेशकुमार बरालले घण्टाघरको तस्बिर तथा भिडियो बनाउँदै गर्दा प्रहरीले टी-सर्टमा समातेर मोबाइल खोसेको बराल बताउँछन् ।
त्यसपछि, घण्टाघरस्थित प्रहरी बिटको कार्यालयभित्र लगेर बिनाकारण कुटपिट गरेको गणेशसँगै बसमा रहेकी मैयाँ श्रेष्ठले बताइन् ।
उनका अनुसार गणेशलाई कुटपिट गरेर फिर्ता पठाएपछि यात्रुहरूले उपचार नगरेसम्म नजाने अडान राखेका थिए । पछि प्रहरीले नै नारायणी अस्पताल लगेर चेकजाँच गराएपछि अवस्था सामान्य रहेको भनेर कागजपत्र बनाएपछि उनीहरू फर्किएका थिए ।
बरालका अनुसार प्रहरी आई साह लगायत ४ जनाले उनीमाथि हातपात गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले कुटपिट गर्ने प्रहरीलाई जिल्लामा फिर्ता बोलाइएको र विभागीय कारबाही स्वरूप स्पष्टीकरण सोधिएको जानकारी दिएका छन्।

बालप्रतिभाको तालमा गुञ्जियो मादल: वाद्यसम्राट न्हुच्छे डंगोल प्रतियोगिताको ग्रान्…

ठमेलका गुण्डागर्दी: क्लब ओम्नियाका सञ्चालक पनि पक्राउ

एसईई २०८१ मा बाल गीताञ्जली विद्यालयबाट ६ विद्यार्थीले ल्याए ४ जिपिए, पूर्वी का…
२४ घण्टामा झापाका बिर्तामोड, चन्द्रगढी र केचनामा एक सय २९ मिलीमिटरसम्म वर्षा

दीपक चापागाईँको उदाहरणीय कागतीखेती

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

प्रतिक्रिया