खराब मौसमका कारण एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको देखियो : महानिर्देशक अधिकारी

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको देखिएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा अधिकारीले खराब मौसम र बादलभित्र हेलिकप्टर प्रवेश गरेका कारण दुर्घटना भएको देखिएको बताएका हुन् । खराब मौसमका कारण फर्कनका लागि देब्रेतर्फ मोड्ने क्रममा दुर्घटना भएको उनको भनाइ छ ।
उनले खराब मौसम र बादलभित्र छिर्नका लागि कानुनले नै वर्जित गरेको जानकारी दिए । उनले दुर्घटनाको विस्तृत कारण सरकारले गठन गरेको जाँचबुझ आयोगको प्रतिवेदनले दिने जिकिर गरे ।
प्राधिकरणको प्रारम्भिक अनुसन्धानमा भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिएको उनले बताए ।
बैठकमा समिति सदस्यहरूले हवाई सुरक्षाका विषयमा पटक-पटक छलफल भए पनि समस्या अन्त्य हुन नसकेको बताएका थिए । समिति सदस्य विमलेन्द्र निधिले उड्डयन प्राधिकरणका पदाधिकारीलाई पदमुक्त वा निलम्बन गरेर मात्रै हवाई दुर्घटनाको छानबिन गर्नुपर्ने बताए ।
त्यस्तै अन्य समिति सदस्यहरूले नेपालको हवाई सेवा प्रदायक र नियामक निकायलाई अलग गर्ने गरि छिटो भन्दा छिटो कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

स्काइवाक काठमाडौँ तेस्रो वर्षमा, ३ महिनासम्म पाहुनालाई नि:शुल्क कप उपहार

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

धनुषामा आँप महोत्सव हुँदै

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

प्रतिक्रिया