बर्दियाको क्रियाशील विवाद मिलाउन देउवाले पठाए केन्द्रीय प्रतिनिधि

काठमाडौँ : नेपाली कांग्रेसले बर्दिया जिल्लामा रहेको क्रियाशील सदस्यता विवाद मिलाउन केन्द्रीय प्रतिनिधि पठाएको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यद्वय सुरेन्द्रराज पाण्डे र दीपक गिरीलाई बर्दियाको विवाद मिलाउन पठाएका उनको सचिवालयले जानकारी दियो ।
पठाइएका दुई नेता एक जना संस्थापनका र अर्का वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् । पाण्डे संस्थापन र गिरी पौडेल समूहका हुन् ।
क्रियाशील सदस्यतामा विवाद हुँदा जिल्ला पार्टी कार्यालयमा गत बैशाखदेखि तालाबन्दी छ । क्रियाशील सदस्यतामा बर्दियाको प्रतिनिधि सभा क्षेत्र नम्बर–१ र प्रतिनिधि सभा क्षेत्र नम्बर-२ का राजापुर नगरपालिका-४ र मधुवन नगरपालिका-३ मा चर्को विवाद छ ।
विवाद चर्को भएपछि जिल्ला उपसभापति मिश्रीलाल यादव र सचिव जीवन मल्लसहित जिल्ला कार्यसमिति सदस्य र महासमिति तथा महाधिवेशन प्रतिनिधि गरी ५२ जनाले वैशाख ९ गते राजीनामा दिएका थिए ।
उनीहरूलाई राजीनामा दिन उक्साएका जिल्ला सभापति सञ्जय गौतमले भने अन्तिममा आफूले राजीनामा नदिएको भन्दै जिल्लाका धेरै नेता कार्यकर्ता असन्तुष्ट छन् ।
विवाद मिलाउन जिल्लामा पुगेको प्रतिनिधि मण्डलले अहिले दुवै पक्षसँग छलफल गरिरहेको छ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया