काठमाडौँमा एक जार पानीको मूल्य ४७ रुपैयाँ, बढी लिए कारबाही हुने

काठमाडौँ- उपत्यकामा बिक्री हुने खानेपानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सरकारले सूचित गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक-फरक एमआरपी लगाई बिक्री-वितरण गरिरहेको जानकारी आएको जनाएको छ ।
विभागका अनुसार काठमाडौँ उपत्यकामा बिक्री हुने जार (२० लिटर) को मूल्य प्रतिगोटा अधिकतम ४७ रुपैयाँ तोकिएको छ । एक लिटरको बोतल पानीको मूल्य १६ रुपैयाँ तोकिएको छ ।
एमआरपीको नियम पालना नगरे कानुन अनुसार कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

स्काइवाक काठमाडौँ तेस्रो वर्षमा, ३ महिनासम्म पाहुनालाई नि:शुल्क कप उपहार

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

धनुषामा आँप महोत्सव हुँदै

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

प्रतिक्रिया