वन कभर र लिबर्टी कलेजबीच साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्ने समझदारी

काठमाडौँ- वन कभर प्राइभेट लिमिटेड र लिबर्टी कलेजले साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । साइबर सुरक्षा कम्पनी वन कभर र ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा रहेको लिबर्टी कलेजबीच बुधबार समझदारी भएको हो ।
वन कभरको तर्फबाट सीईओ चिरञ्जीवी अधिकारी र लिबर्टी कलेजको तर्फबाट यसको मातृ कम्पनीसमेत रहेको ग्लोबल कलेजका शैक्षिक निर्देशक डा. देवराज पनेरूले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा लिबर्टी कलेजका कार्यकारी निर्देशक नवराज भण्डारी, प्रिन्सिपल प्रदीप पराजुली, आईटीको शैक्षिक प्रमुख डा. समीर खरेललगायतका प्रतिनिधि उपस्थित थिए ।
यसरी सहकार्य गर्नुको उद्देश्य कलेजमा साइबर सुरक्षाको विषयमा विद्यार्थीलाई जागरुक बनाउनु रहेको कलेजले बताएको छ । यसले विद्यार्थी र समुदायका लागि सुरक्षित डिजिटल वातावरण प्रदान गर्न सहयोग पुर्याउने विश्वास गरिएको जनाएको छ ।
त्यस्तै लिबर्टी कलेजले पोखरा विश्वविद्यालयसँग सम्बद्ध बीसीएसआईटीबाट आईटी कार्यक्रमको सुरुवात गरेको हो । र, बुधबारको समझदारीपश्चात कलेज साइबर सुरक्षा हेल्प डेस्क, साइबर सुरक्षा घटना व्यवस्थापन, साइबर सुरक्षा कार्यशाला, साइबर सुरक्षा बुटक्याम्प, साइबर सुरक्षासम्बन्धी विभिन्न सम्मेलनलगायतका गतिविधि हुने पनि समझदारीपत्रमा उल्लेख छ ।

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण: शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान
_qB7XDNlX8t_gavt4ocfksdwut3vyfmlwmpttgt4ei2dgmdifi2ebt4tnewhgpaluntwcnad_yUXn959Evn_uznnnv0hjswj3pluve8mqdrkj0dex1fxip7byfhg3cghttclxe1vqaedjqtb.jpeg)
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

एसईईमा परीक्षा ६१.८१ प्रतिशत ग्रेडेड

एसईईको नतिजा सार्वजनिक

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

प्रतिक्रिया