पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला - पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला, एसमोड र कालेखोलामा क्षति पुर्याएपछि राजमार्ग अवरुद्ध भएको हो ।
शुभकालिका–१ स्थित गगनेखोला, एसमोड, कालेखोलालगायत विभिन्न स्थानमा सानाठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।
आज बिहानदेखि राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौँ जाने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्रमा परेका छन् । गगनेखोलामा ठूलो ढुङ्गासहितको लेदो माटोको पहिरो आउँदा सडक अवरुद्ध भएको छ । बिहानदेखि पहिरो पन्छाउने कार्य जारी रहेको सूचना अधिकारी जिटीले बताए ।
सबैभन्दा ठूलो ढुङ्गासहितको पहिरो गगनेखोलामा आएको छ । चार–पाँच किमीको दूरीमा अन्य स्थानमा पनि पहिरो गएको जानकारीमा अएको छ । खोलाको ढुङ्गालाई पन्छाउने र सम्भव नभए ‘ब्रेकर’ लगाएर फुटाल्ने तयारी छ”, उनले भने ।
गगनेखोलाबाहेक अन्य स्थानमा गाह्रो नभएको र पहिरो पन्छाउने कार्य सकिएपछि सडक सञ्चालनमा आउने सडक डिभिजन कार्यालयले जनाएको छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउन सडक डिभिजनको मेसिनसहित जनशक्ति बिहानदेखि पहिरो पन्छाउने काममा लागिरहेका छन् ।
खसेको ढुङ्गा ठूलो भएकाले पहिरो पन्छाउन समय लाग्ने जिटीले बताए । गोगनेखोलाको माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएपछि अहिले राजमार्गमा कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
रासस

निजामती कर्मचारी संगठनले संघीय निजामती ऐन जारी नभए आन्दोलन गर्ने (भिडियो)

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

सगरमाथा नेक्स्टको “एट द टिपिङ पोइन्ट”मा हिमालदेखि विश्वसम्मको कला संवाद हुँदै

पूर्वीय दर्शन र आधुनिक सीप समेट्दै चन्द्रागिरीमा ३५ करोड लगानीमा एसभीएएन स्कुल…

कालीगण्डकी पदयात्राः आज पूजन र आरती, भोलि यात्रा

झापामा ७५५ मनसुनजन्य विपद् उद्धारकर्मी तैनाथ

प्रतिक्रिया