बंगलादेशको पछिल्लो राजनीतिक अवस्थाबारे भारत र चीन बोले, नेपाल अझै माैन

नयाँ दिल्ली - भारतका विदेशमन्त्री एस. जयशंकरले मङ्गलबार बङ्गलादेशमा ‘कानुन र व्यवस्था स्पष्ट रूपमा पुनर्बहाली नभएसम्म अत्यन्त चिन्तित रहेको’ बताएका छन् ।
प्रधानमन्त्री शेख हसिना अपदस्त भएको एक दिनपछि छिमेकी मुलुक बङ्गलादेशको पछिल्लो घटनाक्रमबारे उनको सो टिप्पणी आएको हो । उनले हसिना भारतमा रहेको पुष्टि गरे । सोमबार प्रदर्शनकारीहरूले आफ्नो भवनमा आक्रमण गरेपछि हसिना भागेकी थिइन् ।
संसद्मा विदेशमन्त्री जयशंकरले भने, 'जबसम्म कानून र व्यवस्था स्पष्ट रूपमा बहाल हुँदैन, हामी स्वाभाविक रूपमा अत्यन्त चिन्तित हुनेछौँ ।' चीनसँग बलियो सम्बन्ध कायम राख्दै भारतबाट समर्थन प्राप्त गर्ने कमजोर सन्तुलन बनाउने हसिनाको पतनप्रति नयाँदिल्लीले सावधानी अपनाएको छ ।
'पछिल्लो २४ घन्टामा हामी ढाकामा अधिकारीहरूसँग नियमित सम्पर्कमा छौँ', विदेशमन्त्रीले भने, 'सुरक्षा प्रतिष्ठानका नेताहरूसँगको बैठकपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने निर्णय गर्नुभएको हाम्रो बुझाइ छ ।'
'धेरै छोटो सूचनामा उहाँले तत्काल भारत आउन स्वीकृतिका लागि अनुरोध गर्नुभयो, हामीले एकैसाथ बङ्गलादेशका अधिकारीहरूबाट उडान अनुमतिका लागि अनुरोध प्राप्त गर्यौँ, उहाँ हिजो साँझ दिल्ली आइपुग्नुभयो', उनले भने ।
भारत र बङ्गलादेशले चार हजार किलोमिटरभन्दा लामो सीमा साझा गर्दछन् । 'यो जटिल अवस्थालाई ध्यानमा राख्दै हाम्रो सीमा सुरक्षा बललाई पनि विशेष रूपमा सतर्क रहन निर्देशन दिइएको छ', विदेशमन्त्री जयशंकरले भने ।
बंगलादेशमा छिट्टै ‘सामाजिक स्थिरता पुनःस्थापना’ हुने चीनको विश्वास
यसैबीच चीनले ‘बङ्गलादेशमा सामाजिक स्थिरता चाँडै पुनःस्थापना हुनसक्ने’ विश्वास व्यक्त गरेको छ ।
पूर्वप्रधानमन्त्री शेख हसिना व्यापक विरोधपछि राजीनामा दिँदै मुलुकबाट भागेपछि बेइजिङमा विदेश मन्त्रालयले मङ्गलबार सो टिप्पणी गरेको हो ।
विदेश मन्त्रालयका प्रवक्ताले भने, 'मैत्रीपूर्ण छिमेकी र व्यापक रणनीतिक सहयोगी साझेदारका रूपमा चीनले बङ्गलादेशमा चाँडोभन्दा चाँडो सामाजिक स्थिरता पुनःस्थापित गर्न सकिन्छ भन्ने आशा राखेको छ ।'
तर, नेपालले भने यस घटनाबारे केही बाेलेको छैन । सामाजिक अभियन्ताहरू र राजनीतिक नेताहरूले बंगलादेशकाे घटनाबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन् ।

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

प्रतिक्रिया