कमला ह्यारिसले चयन गरिन् उपराष्ट्रपतिको उम्मेदवार

काठमाडौँ - अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले आफ्नो उपराष्ट्रपतिको उम्मेदवार चयन गरेकी छन् ।
ह्यारिसले मिन्नेसोटाका गभर्नर टिम वाल्जलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएकी छन् ।
पूर्व स्कुल शिक्षक रहेका वाल्ज अहिले मिन्नेसोटाको गभर्नरको रुपमा दोस्रो कार्यकालमा रहेका छन् । उनले त्यसअघि १२ बर्ष अमेरिकी काँग्रेसमा प्रतिनिधित्व गरेका थिए ।
पछिल्ला दिनहरूमा रिपब्लिकनलाई कडा चुनौती दिइरहेका वाल्जलाई ह्यारिसले उपराष्ट्रपतिका लागि चयन गरेकी छन् ।
सिएनएनले ह्यारिसले केही घण्टामा नै वाल्ज आफ्नो उपराष्ट्रपतिको उम्मेदवार चयन गर्ने उल्लेख गरेको छ र वाल्ज आजै कमला ह्यारिससँग सार्वजनिक रुपमा देखापर्ने तयारी गरिरहेको बताएको छ ।

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया