मिडिया काउन्सिललाई आमसञ्चार परिषद् बनाउन सहमत - मन्त्री गुरुङ

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया काउन्सिललाई आमसञ्चार परिषद् बनाउन सहमत रहेको बताएका छन् ।
विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयक, २०८० को नाम परिवर्तन गर्दै आमसञ्चार परिषद् विधेयकका रुपमा अघि बढाउन सहमत रहेको बताएका हुन् ।
उनले विधेयकको अन्तरवस्तुमा फरक नपर्ने गरि मिडिया काउन्सिललाई नेपालीमा आमसञ्चार परिषद् बनाउन सकिने बताए । विधेयकको सार एउटै रहेको र भाषा मात्रै फरक राख्न सहमत भएको उनले बताए ।
उनले यसअघिको प्रेस काउन्सिलले एउटै मात्र क्षेत्रको प्रतिनिधित्व गर्ने देखिएकाले सबै प्रकारका सञ्चारमाध्यमलाई एउटै छातामुनी ल्याउन मिडिया काउन्सिल ल्याइएको धारणा राखे ।
मन्त्री गुरुङले विवादित अन्य विषयमा सहमति जुटाइ विधेयकलाई छिटै अघि बढाउन आग्रह गरे । अध्यक्ष र सिफारिस समितिको संयोजक चयनको प्रक्रिया लगायतका विषयमा समितिमा सहमति जुट्न सकेको छैन ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया