सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

तथ्यका आधारमा सत्यमा पुग्ने गरी समितिले काम गरिरहेको छ - संयोजक थापा

काठमाडौँ - सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिका संयोजक सूर्य थापाले तथ्यका आधारमा सत्यमा पुग्ने गरि समितिले काम गरिरहेको बताएका छन् । 

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलमा उनले दुई महिनाको अवधिमा सरोकारवाला निकायसँग छलफल गरि तथ्यमा पुग्ने काम भएको भन्दै तथ्यका आधारमा सत्यमा पुग्ने गरि समितिले काम गरिरहेको बताएका हुन् । 

उनले समितिमा विभिन्न दलको प्रतिनिधित्व रहेपनि कुनै राजनीतिक प्रभाव नराखी निष्पक्ष रुपमा अध्ययन अनुसन्धान गरिरहेको जिकिर गरे । 

संसदको शत प्रतिशत मतले छानबिन समिति गठन भएको भन्दै उनले समितिले जवाफदेहिताका साथ काम गर्ने धारणा राखे । 

उनले सहकारी समस्याको दीर्घकालीन समाधानको प्रयास स्वरूप समिति सक्रिय रहेकाले त्यही अनुसारको सिफारिस गर्ने स्पष्ट पारे ।