संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसदमा प्रस्तुत गर्ने गरि छलफल गर्न कानुनमन्त्री चौरसियाको आग्रह

काठमाडौँ - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसदको आगामी बैठकमा प्रस्तुत गर्ने गरि अघि छलफल गर्न आग्रह गरेका छन् ।
सिंहदरबारमा मंगलबार बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा मन्त्री चौरसियाले प्रतिनिधिसभाको साउन २९ गते बस्ने बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने गरि अघि बढ्न आग्रह गरेका हुन् ।
सदनले बिजनेस नपाइरहेको अवस्थामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका साथै केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफललाई निष्कर्षमा पुर्याउनुपर्नेमा उनले जोड दिए ।
मन्त्री चौरसियाले केही नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयकमा देखिएका विषयहरूमा सहमति खोज्न आफू गम्भीर भएर लाग्ने जिकिर गरे । त्यस्तै विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई निरन्तर बैठक बसेर टुङ्गो लगाउन उनले सुझाव दिए ।
बैठकमा विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको थियो । तर समिति सदस्यहरूले नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयक र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुराएपछि मात्रै अन्य विधेयकमाथि छलफल गर्न सुझाव दिएका थिए ।

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रतिक्रिया